येशुलाई हेरौं

सन् १९५२ तिरको कुरा हो । कोरियामा गृह युद्ध चर्किरहेको थियो । चारै तिर मानिसहरु मरिरहेका र मारिरहेका घटना मात्र थियो । यसै क्रममा एकजना गर्भवती महिलाको बच्चा जन्माउने समय भएको रहेछ । विडम्वना तत्काल त्यस महिलाको घरमा बमको झोक्काले आगो लाग्यो । जसोतसो ति महिला भाग्न भ्याईछन । उ एक इशाई थिई । इशाई भएकै कारण उसलाई अझ त्याहाँ कसैले कुनै सहायता गरेनन् । सबै मानिसहरु आफ्नै सुरक्षाको खोजीमा व्यस्त थिए । ति महिला बल्लतल्ल भागेर साँझपख कुनै गाउँ पुग्ने एउटा खोलाको पुल मुनी बसेर नवजात सिसुलाई जन्माइछन् । संयोग त्यो रात क्रिसमसको दिन परेको रैछ । मध्यराती पुलको बाटोमा क्रिसमसको कार्यक्रम सकेर एउटा गाडी गाउँतर्फ जाँदै थियो । पुलनिर पुगेपछि बच्चा रोएको आवाज आयो । कतिले त तर्साएको हुनसक्ने अनुमान पनि गरे । तर गाडीमा सवारहरु प्राय सबै पुलमुनी बच्चा रोएको आवाज पहिल्याउँदै आए । त्याँहा उनिहरुले नचिताएको भयानक दृश्य देखे । एउाटा बच्चा पुरै कपाडाले बेरिएको अनि छेउमा उसको आमा नाँङगै मृत अवस्था थिइन । सबै मिलेर ति मृत आमाको त्यही दाहसंस्कार गरे र बच्चालाई चाही एक जोडीले धर्मपुत्र बनाएर राख्न लगे जसको आफ्नो बच्चा थिएन ।

जव त्यो बच्चा ठुलो भयो । ति जोडीले उसलाई इमान्दारीताका साथ सबै घटना भने । जव त्यो बच्चा अर्थात छोरा ले आफ्नी आमाले आफु प्रती गरेको त्यो महान बलिदानको बारेमा सुन्यो उ अतिनै भावविह्रल भयो । तर समय फरक थियो । यद्धपी यो यथार्त सुन्ने बित्तिकै मध्य रात उ त्यस पुल मुनि गयो । आमालाई संझदै उसले एक एक गरी आफ्ना सबै  कपडा खोल्यो र निवस्त्र भएर रुदै भन्यो —“आमा तिमीले मेरो जिवन बचाउँन आफु नाँङगीयौ, आमा मलाई जीवन दिन तिमी यस्तो जाडो सहने आँट गरिछौ, मेरो नाँङगो शरिरलाई बचाउन तिमीले आफ्नो सबै बस्त्र खोलिछौ, यद्धपी अहिले म सँग ति छैनन् आमा, तर मैले अहिले पहिरेको बस्त्र खोलेर तिमीले सहेको जाडोको अनुभव गर्न चाहन्छु, मेरी  प्यारी आमा”

मित्रहरु प्रसंग बद्लौ है —
आज भन्दा लगभग २०१४ वर्ष अगाडी एउटा निर्दोष व्यक्तिलाई कलवरी डाँडामा लगियो । प्रिय मित्र उहाँ येशु ख्रीष्ट हुनुहुन्थ्यो । धर्मशास्त्र बाईबलमा उहाँको बस्त्र खोलेर चिठ्ठा हालेको पाउँछौ । मेरो अनुमानमा त्यस  समयमा उहाँलाई पुर्ण नाँङगै बनाइएको हुनुपर्छ । एउटा निर्दोष अनि धार्मिक मानिस दिउँसै नाँङगै भएको यो सृष्टिको नियमले देख्न सकेन र मध्य दिनमै रात भयो, भुकम्प गयो, अनि पवित्र मन्दिरको पर्दा समेत च्यातियो । हो मित्र येशु प्रभुलाई नाँङगै बनाइएको थियो, हाम्रा प्यारो प्रभुलाई । एकचोटी आत्माको आँखा खोलेर हर्नोस, सहजै अनुभव गर्न सक्छौ येशुको नाँङगो शरिरको, घायल हातपाउको, भाला रोपिएको कोखाको, काँडे मुकुटको, यद्धपी हामीले हजार प्रश्न बर्साएपनि त्यो सब हाम्रो पापको सट्टामा थियो । मौसम कस्तो थियो हामी जान्दैनौ तर यथार्त यहि हो कि उहाँ हाम्रो निम्ति क्रुसमा टागिंनुभयो । अनि निर्ममतापुर्वक मारिनु भयो ।

चाहेको यथार्त — आज हाम्रो आत्मा संसारका हरेक बस्त्रले सजिएका छन, जस्तैः घमण्ड, डाह, ईश्या, क्रोध, घृणा, तिरस्कार, बदनाम, हत्या, चोरी, आदि । माथिको प्रसंगको सार यहि हो की हाम्रो आत्मा यि सबै बस्त्रबाट नाँङगीनु आवश्यक छ । पवित्रताको वस्त्र धारण गर्न अन्य वस्त्र खोल्नै पर्छ । के आज हामी संसारका यी सबै वस्त्र खोलेर हाम्रो आत्मालाई पुर्णतया नाँङगो बनाउन सक्छौ । शायद हामीले कयौ चोटी यो कोरस गाएका छौ ।

(जीवनको नदी बगाउनुहास् प्रभु मेरो जीवनमा,
मलाई जागृत गराउनुहोस पवित्र आत्मामा ।
बदलिन चाहन्छु प्रभु तपाँईको रुपमा
पिताको लागी फल फलाउने, जीवन जीउन चाहन्छु ,
मेरो यो जीवनबाट तपाँईलाई अग्ल्याउन चाहन्छु ।)
प्रभुमा प्रिय जनहरु यि शब्द संकलन कसले गरेको भन्ने बारेमा शायद हामी अज्ञान छौ यद्धपी हामी जान्दछौ यो ख्रिष्टबाट नै प्रेरित भएर लेखिएको र पोखिएको हो । हामी प्रायः सहज ढंगले यो गितलाई दैनिक जसो गाउछौं ।

संसारी शरीरलाई पनि पानिमा भिजाउन हाम्रो कपडा खोल्छौ । हो पानिले संर्पुण शरिर भिजाउन हामी नाँङगीनु पर्छ । यसर्थ हाम्रो आत्मा लाई पवित्र आत्मामा जागृत गराउन कति सम्म तयार हुनुपर्छ । एकचोटी क्रुसको त्यो दर्दनाक अवस्थालाई अनुभव गर्नुहोस् । जव तपाई हामी क्रुसको घडी अनुभव गर्छौ जीवनको नदीको बाढी तपाई र मेरो हृदयमा बग्ने छ । हो मित्र यो आवश्यक छ । सर्वशक्तिमान परमेश्वरका पुत्र येशु ख्रीष्ट नाँङगीएको क्षणलाई नियाल्दै हामीले हाम्रो आत्मालाई नाँङगयाउँदै जीवनको नदी हाम्रो हृदय हुँदै बग्न दीनु पर्छ । महान बलिदानको उदेश्य यहि हो ।

धन्यबाद, ।
(संजय कुमार बर्माशाखा)

https://www.facebook.com/merogod 

Leave a Reply

Your email address will not be published. Required fields are marked *